२९ जेठ २०८३, शुक्रबार

एनआरएनए कार्यालयमा भएको घटनामा संलग्न पक्राउ

कात्तिक १६, २०८०
काठमाडौं
एनआरएनए कार्यालयमा भएको घटनामा संलग्न पक्राउ

गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यालयमा मंगलबार भएको घटनामा संलग्न व्यक्ति पक्राउ परेका छन् । 
पक्राउ पर्नेमा उदयपुर घर भएका युवा संघका कार्यकर्ता दीपेन्द्र घिसिङ रहेका छन् । उनलाई बिहीबार राजधानीको गौरीघाट क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले जानकारी दिए । 

मंगलबार युवा संघका कार्यकर्ताले बालुवाटारस्थित संघको कार्यालयमा बेल्जियम निवासी पत्रकार तथा एनआरएनए अभियन्ता ओम शर्मामाथि आक्रमण गरेका थिए । सो घटनाको अनुसन्धानका संघको कार्यालयमा रहेको सीसीटीभी फुटेज मगाएर अनुसन्धान गर्दा उनको संलग्नता देखिएको प्रहरीको भनाइ छ । 
यस्तै सोही घटनामा एनआरएनएका अध्यक्ष आरके शर्मा, महासचिव बुद्धि सुवेदीलगायतमाथि पनि दुर्व्यवहार भएको बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्