२१ असार २०८३, आइतबार

शनिबार सिंहदरबारसहित काठमाडौँका यी स्थानमा चार घण्टा विद्युत् आपूर्ति बन्द हुने

कात्तिक १७, २०८०
काठमाडौं
शनिबार सिंहदरबारसहित काठमाडौँका यी स्थानमा चार घण्टा विद्युत् आपूर्ति बन्द हुने

शनिबार काठमाडौंका विभिन्न ठाउँमा चार घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । स्युचाटारदेखि सिंहदरबारसम्मको ६६ केभी लाइन मर्मत गर्नुपर्ने भएकोले विद्युत् आपूर्ति बन्द गर्नुपरेको नेपाल विद्युत् प्राधिकरण जनाएको छ । 

प्राधिकरणका अनुसार सिंहदरबारस्थित के ३ सबस्टेसनबाट आपूर्ति हुने सिंहदरबार परिसर भित्रका सम्पूर्ण कार्यालयहरू, जिल्ला प्रशासन कार्यालयसमेत बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसार, डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टेकुलो, अनामनगर, ज्ञानेश्वर, नक्साल, सेतोपुल, रातोपुल क्षेत्रमा भोलि बिहान विद्युत् आपूर्ति प्रभावित हुने भएको हो । 

बिहान ७ बजेदेखि ११ बजेसम्ममाथि उल्लेखित क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जानकारी दिएको हो । 

null

salt training

कमेन्ट गर्नुहोस्