
आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत सेमिफाइनल खेलमा नेपालविरुद्ध यूएईले १० ओभरमा तीन विकेट गुमाएर ६२ रन बनाएको छ ।
टस जितेर पहिले ब्याटिङ थालेको यूएईका लागि मोहम्मद वासिमले आक्रामक शुरूवात गरेका थिए । तर सोमपाल कामीले चौथो ओभरमा दुई विकेट लिए ।
वासिमले १६ बलमा २६ रन बनाए । अर्का ओपनर शाहले चार बलमा ३ रन बनाए ।
यस्तै नेपालका सन्दीप लामिछानेले एक विकेट लिए । उनले आशिफ खानलाई एलबीडब्ल्यू आउट गरेका हुन् । उनी १३ रन बनाएर आउट भए ।
अरविन्द भ्रित्या २० रनमा खेल्दैछन् ।