१९ असार २०८३, शुक्रबार
विश्वकपको टिकट पक्का

नेपाल १० वर्षपछि टी-ट्वान्टी विश्वकपमा

कात्तिक १७, २०८०
काठमाडौं
नेपाल १० वर्षपछि टी-ट्वान्टी विश्वकपमा

नेपालले १० वर्षपछि टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने भएको छ ।

सन् २०१४ मा बंगलादेशमा पहिलो विश्वकप खेलेको नेपालले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी-ट्वान्टी विश्वकपमा स्थान बनाएको हो । 

विश्वकप छनोटका लागि मूलपानी मैदानमा भएको निर्णायक खेलमा नेपालले यूएईलाई ८ विकेटले पराजित गर्‍यो ।

यूएईले पेश गरेको १३५ रनको लक्ष्य नेपालले ८ विकेट गुमाएर पूरा गर्‍यो । नेपाललाई जीतसम्म डोहोर्‍याउने क्रममा आशिफ शेखले ६३ रनको शानदार अर्धशतकीय पारी खेले ।

गुल्सन झा २२ रनमा आउट हुँदा कुशल भुर्तेलले ११ रन जोडे । कप्तान रोहित पौडेलले अविजित ३५ रनको योगदान गरे ।

यसअघि यूएईलाई सामान्य स्कोरमा समेट्ने क्रममा कुशल मल्लले ३, सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र रोहित पौडेलले एक-एक विकेट लिएका थिए ।

जीतसँगै नेपालले विश्वकप छनोटको फाइनलमा समेत स्थान बनाएको छ । फाइनल खेल ओमानसँग आइतवार कीर्तिपुरमा हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्