२२ जेठ २०८३, शुक्रबार

यस्तो छ रेखा थापाको फिल्म ‘उपहार’को पहिलो गीत [भिडियो]

कात्तिक १७, २०८०
काठमाडौं
यस्तो छ रेखा थापाको फिल्म ‘उपहार’को पहिलो गीत [भिडियो]

रेखा थापाको फिल्म ‘उपहार’को पहिलो गीत सार्वजनिक गरिएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमकाबीच ‘वाह वाह...’बोलको गीत सार्वजनिक गरिएको हो । 

यो गीतको भिडियोमा अभिनेत्रीहरू रेखा थापा, पूजा शर्मा र बेनिशा हमालका साथमा अभिनेताहरू मुकुन भुसाल, तेज गिरी र समर्पण जंग कार्कीलाई प्रस्तुत गरिएको छ । 

कविराज गहतराजले भिडियोको कोरियोग्राफी गरेका हुन् । बाबुल गिरी र एलिना चौहानले गीतमा स्वर दिएका छन् । शंकर अधिकारी ‘घायल’को शब्द रहेको गीतमा संगीत पनि बाबुलकै हो । 

रेखा फिल्मस् र कपनगढी सिनेमा प्रा.लीको संयुक्त प्रस्तुति रहेको फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । फिल्मको कथा सुलक्षण भारतीले लेखेका हुन् । ​

शुलभ प्रतीक देउजा र समीक्षा देउजा निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा बलराम शाही ठकुरी छन् ।

‘उपहार’ फागुन २५ गतेबाट प्रदर्शनमा आउनेछ । 

salt training

कमेन्ट गर्नुहोस्