पछिल्लो पुस्ताकी चर्चित गायिका एलिना चौहानले स्वर दिएको पहिलो फिल्मी गीत सार्वजनिक भएको छ ।
८ सय हाराहारी गीतमा स्वर दिइसकेकी एलिनाले रेखा थापाको फिल्म ‘उपहार’मार्फत पाश्र्व गायनमा डेब्यु गरेकी हुन् । उक्त फिल्ममा समावेश ‘वाह वाह वाह’ बोलको गीत शुक्रवारमात्रै सार्वजनिक गरिएको छ ।
यो गीतमा एलिना र बाबुल गिरीको स्वर छ । शंकर अधिकारी ‘घायल’को शब्द रहेको गीतमा बाबुलकै संगीत छ ।
गीतको भिडियोमा फिल्मका शीर्ष कलाकारहरू रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पणजंग कार्कीलाई प्रस्तुत गरिएको छ ।
फागुन २५ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् ।