
स्याङजाको सेतीबेनीमा दर्शन गर्न पुगेकी एक महिलाको मृत्यु भएको छ ।
सेतीबेनीको दर्शन गर्ने क्रममा आफ्नो बच्चा कालीगण्डकीमा डुबेपछि उनी पनि हाम फालेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय स्याङजाका एसपी सञ्जयबहादुर राउतका अनुसार उनीहरू दुवै जनालाई पछि उद्धार गरिएको थियो ।
तर ती महिलाको स्याङ्जा अस्पतालमा ल्याएपछि मृत्यु भएको एसपी राउतले बताए । उनको परिचय खुलेको छैन ।
बच्चाको भने पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
बच्चाको अवस्था गम्भीर रहेको एसपी राउतले लोकान्तरलाई बताए ।