२२ जेठ २०८३, शुक्रबार

मुगुमा मारिएका एकै परिवारका ४ जनाको सामूहिक दाहसंस्कार

कात्तिक १७, २०८०
मुगु
मुगुमा मारिएका एकै परिवारका ४ जनाको सामूहिक दाहसंस्कार
तस्वीर : रासस

मुगुको छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँमा मारिएका सबैको दाहसंस्कार गरिएको छ ।

घटना भएको आठ दिन र शव परीक्षण भएको चार दिनपछि चारै जनाको शुक्रवार दाहसंस्कार गरिएको हो ।

हत्याको कारण पत्ता नलागेको भन्दै मृतकका आफन्त दीपक बोहोराले शव बुझ्न नमानेपछि दाहसंस्कारमा ढिलाई भएको थियो ।

यही कात्तिक ८ गते राति २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, आठ वर्षीय छोरी अप्सरा र आठ महिनाका छोरा रहर बोहोराको हत्या भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्