२३ असार २०८३, मंगलबार

गाजामा ‘मानवताविरुद्धको अपराध’ रोक्न युद्धविरामको माग

कात्तिक १७, २०८०
काठमाडौं
गाजामा ‘मानवताविरुद्धको अपराध’ रोक्न युद्धविरामको माग

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले गाजामा ‘मानवताविरुद्धको अपराध’ भइरहेको भन्दै इजरायल र हमासबीच तत्काल युद्धविराम गर्न आह्वान गरेका छन्।

इजरायलसँगको युद्धको सामना गरिरहेका प्यालेस्टिनीहरूप्रति एर्दोगानले कडा समर्थन जनाउँदै आएका छन् । अक्टोबर ७ मा युद्ध सुरु भएदेखि नै उनले आफूलाई मध्यस्थकर्ताको रूपमा प्रस्तुत गरेका छन् । 

कजाकिस्तानको राजधानी अस्तानामा आयोजित तुर्क भाषी राष्ट्रहरूको शिखर सम्मेलनलाई सम्बोधन गर्दै एर्दोगानले भने, “अक्टोबर ७ देखि हामीले देखेको क्रूरताको व्याख्या गर्न वा क्षमा गर्न सक्ने कुनै अवधारणा छैन ।”

उनले भने, “स्पष्ट शब्दमा भन्नुपर्दा गाजामा २८ दिनदेखि मानवताविरुद्धको अपराध भइरहेको छ । हाम्रो प्राथमिकता मानवीय युद्धविराम चाँडै स्थापित गर्नु हो।” 

गत अक्टोबर ७ तारिखमा हमासका लडाकुहरू एक्कासी इजरायलमा प्रवेश गरी गरेको आक्रमणमा एक हजार ४०० जनाको मृत्यु भएको र २४० भन्दा बढीलाई अपहरण गरेको इजरायली अधिकारीहरूले बताएका छन् ।

हमासद्वारा सञ्चालित गाजा पट्टीको स्वास्थ्य मन्त्रालयले प्यालेस्टिनी क्षेत्रमा भएको आक्रमणमा तीन हजार ७६० बालबालिकासहित नौ हजार ६१ जनाको मृत्यु भएको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्