३० असार २०८३, मंगलबार

इरानको पुनर्वास केन्द्रमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो, १७ जना घाइते

कात्तिक १७, २०८०
काठमाडौं
इरानको पुनर्वास केन्द्रमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो, १७ जना घाइते

इरानको उत्तरी प्रान्त गिलानमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या शुक्रबार साँझसम्म ३२ पुगेको इरानी विद्यार्थी समाचार संस्था (आईएसएनए) ले जनाएको छ । उक्त आगलागीका कारण अन्य १७ जना घाइते भएका समाचारमा उल्लेख गरिएको छ ।

गिलानका राजनीतिक, सुरक्षा र सामाजिक मामिलाका लागि डेपुटी गभर्नर मोहम्मद जलाइलाई उद्धृत गर्दै आईएसएनएले लाङ्गारूड काउन्टीको पुनः स्थापना केन्द्रमा बिहान सबेरै आगलागी भएको जनाएको छ ।

उनले घाइतेमध्ये चार जनालाई ‘इन्ट्युबेट’ गरिएको र बाँकीको अवस्था राम्रो रहेको उल्लेख गर्दै केन्द्रको क्षमता ४० रहेको बताए । 
इरानका न्यायपालिका प्रमुख गुलाम हुसेन मोहसेनी एजेईले घटनाको पूर्ण अनुसन्धान गर्न आदेश दिएको अर्धसरकारी समाचार संस्था तस्निमले जनाएको छ ।

गिलानको न्याय विभागका प्रमुख इस्माईल सादेकी–नियाराकीलाई उद्धृत गर्दै तस्निमले समाचारमा लेखेको छ, “अनुसन्धानपछि आगलागीको कारण खुल्ने तर अहिले आगलागी हुनुको कुनै कारणबारे अनुमान गर्नु हतार हुनेछ । सादेकी–नियाराकीले आवश्यक न्यायिक आदेश जारी गरिएको र पुन:स्थापना केन्द्रको व्यवस्थापन निगरानीमा रहेको र यसका प्रमुखलाई हिरासतमा लिइएको बताए ।

घाइते सबैलाई उपचारका लागि अस्पताल लगिएको उनले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्