२९ जेठ २०८३, शुक्रबार

विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

कात्तिक १७, २०८०
काठमाडौं
विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा दायर गरेका विभिन्न मुद्दामा उक्त अदालतबाट भएका फैसलाउपर चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी भएकामा आयोगले पर्यटन कार्यालय जनकपुरका ओभरसेयर ओमप्रकाश यादव, अजयकुमार यादव र अनिरुद् मण्डलले भ्रष्टाचार गरेकामा विशेष अदालतले गरेको निर्णयमा पुनरावेदनका लागि सर्वोच्चमा निवेदन दिएको आयोगले आज जनाएको छ ।

त्यसैगरी आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेशगरी भ्रष्टाचार गरेकी नेपाल राष्ट्रिय कन्या प्राथमिक विद्यालयकी शिक्षक उर्मिला देवीलाई विशेष अदालतले सफाई दिएकामा त्यसविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्