२३ जेठ २०८३, शनिबार

जाजरकोट भूकम्प: हेलिकप्टरबाट उद्धार हुँदै, २५० प्रहरी तयारी अवस्थामा

कात्तिक १८, २०८०
काठमाडौं
जाजरकोट भूकम्प: हेलिकप्टरबाट उद्धार हुँदै, २५० प्रहरी तयारी अवस्थामा

जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पमा परेकालाई उद्दारका लागि हेलिकप्टर परिचालन गरिएको छ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेर कडायतका अनुसार अहिले जिल्लाका प्रहरीबाहेक नेपालगञ्जबाट थप ५० जना प्रहरी पठाइसकिएको छ । 

विपत् व्यवस्थापनको टोली काठमाडौंमा २०० जना तयारी अवस्थामा राखिएको उनले बताए । उनीहरूलाई हेलिकप्टरको व्यवस्था हुनेवित्तिकै पठाउन लागिएको डीआईजी कडायतले बताए । 

'हामीले सुर्खेत र नेपालगञ्जबाट थप टोली पठाइसकेका छौं । काठमाडौंमा विपतको टोली तयारी अवस्थामा छन्,' डीआईजी कडायतले लोकान्तरसँग भने । 

नेपाली सेनाका प्रवक्ता सहयाक रथी कृष्णप्रसाद भण्डारीले सुर्खेतमा रहेको नेपाली सेनाको हेलिकप्टरले घाइतेमा उद्धारका लागि खटिएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्