०४ साउन २०८३, सोमबार
जाजरकोट भूकम्प

१६ जना चिकित्सकसहित प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा

कात्तिक १८, २०८०
काठमाडौं
१६ जना चिकित्सकसहित प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा

जाजरकोटमा गएराति गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित स्वास्थ्य टोली प्रभावित क्षेत्रमा गएको छ । 

नेपाली सेनाका १६ जना चिकित्सक र उपचारका सामग्रीसहित प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ प्रस्थान गरेका हुन् । 

साथै प्रधानमन्त्रीले नेपाल एयरलाइन्सका जहाजबाट औषधि र पालसहितका राहत सामग्री चौरजहारी र सुर्खेत विमानस्थलमा तुरुन्तै लैजान निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । 

null

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी कम्तीमा ८० जनाको मृत्यु भएको छ। जाजरकोटमा ४४ र रुकुमपश्चिममा ३६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

शुक्रबार राति ११ बजेर ४७ मिनेटको  समयमा जाजरकोटलाई केन्द्र बनाएर ६ दशमलव  ४ म्याग्निच्यूडको भूकम्प गएको थियो । 

भूकम्पको धक्का पश्चिम नेपालका जिल्ला र काठमाडौंसम्म महसुस गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्