
गएरातिको भूकम्पबाट घाइते भएकाहरुको उद्दारका लागि नेपाल एयरलाइन्सको जहाज समेत परिचालन गरिएको छ ।
नेपाल एयरलाइन्सका प्रवक्ता रमेश कुमार पौडेलले घाइते भएकाहरुको उद्धारका लागि एयरलाइन्सको जहाज मेडिकल टीमसहित रुकुमको चौरजहारी विमानस्थल पठाउन लागिको जानकारी दिए ।
जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको शक्तिशाली भूकम्पले जनधनको क्षति भएको छ ।