२८ जेठ २०८३, बिहीबार

लुम्बिनी प्रादेशिक अस्पतालको टोली औषधिसहित भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान

कात्तिक १८, २०८०
बुटवल
लुम्बिनी प्रादेशिक अस्पतालको टोली औषधिसहित भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ । मानवीय क्षति न्यूनीकरण तथा त्यहाँको स्वास्थ्य उपचारलाई सहज बनाउने उद्देश्यले डाक्टरसहितको टोली औषधि लिएर त्यसतर्फ प्रस्थान गरेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. सुदर्शन थापाले जानकारी दिए । 

भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि अस्पतालमा बिरामी ल्याउनुपर्ने अवस्था आएको खण्डमा समेत सोही अनुसारको तयारी गरिएको मेसु डा. थापाले जानकारी दिए ।

अस्पतालका एमडीजीपी डा. सुनिल सुनारको नेतृत्वमा ६ जनाको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको हो । 

भूकम्पमा परी हालसम्म १२८ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । १०८ जना घाइतेलाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्