
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भूकम्पमा परी घाइते भएकाहरूको अवस्थाबारे जानकारी लिएका छन् । जिल्ला अस्पताल जाजरकोट पुगेर उनले घाइतलेहरूलाई भेटेका हुन् ।
गएराति भूकम्पमा परी जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् ।
प्रधानमन्त्रीसँगै वीर हस्पिटल र ट्रमा सेन्टर, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी अस्पतालका डाक्टरहरु स्वास्थ सामाग्रीसहित प्रभावित क्षेत्र पुगिसकेको र तत्काल उपलब्ध केही राहत सामाग्री पनि हेलिकप्टर र जहाजमार्फत पठाईएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।