२६ असार २०८३, शुक्रबार

नेपाल-ओमान खेलको टिकटबाट आउने आधा रकम भूकम्पपीडितलाई दिने क्यानको घोषणा

कात्तिक १८, २०८०
काठमाडौं
नेपाल-ओमान खेलको टिकटबाट आउने आधा रकम भूकम्पपीडितलाई दिने क्यानको घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले  जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

क्यानले शनिवार बिहान एक विज्ञप्ति जारी गर्दै आईसीसी टी२० विश्वकपको एसिया छनोटअन्तर्गत आइतबार हुने नेपाल र ओमानबीचको फाइनलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको ५० प्रतिशत भूकम्पपीडितलाई सहयोग गर्ने घोषणा गरेको हो ।  

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार राति गएको शक्तिशाली भूकम्पका कारण १२९ जनाको मृत्यु भइसकेको छ भने १४० भन्दा बढी घाइते भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्