०४ असार २०८३, बिहीबार

फाइनल खेलको टिकटबाट उठेको आधा रकम भूकम्प पीडितलाई सहयोग गर्ने क्यानको घोषणा

कात्तिक १८, २०८०
काठमाडौं
फाइनल खेलको टिकटबाट उठेको आधा रकम भूकम्प पीडितलाई सहयोग गर्ने क्यानको घोषणा

क्यानले शनिबार बिहान एक विज्ञप्ति जारी गर्दै आईसीसी टी-२० विश्वकपको एसिया छनोटअन्तर्गत आइतबार हुने नेपाल र ओमानबीच फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको ५० प्रतिशत रकम भूकम्प पीडितलाई सहयोग गर्ने घोषणा गरेको हो ।  

जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रबार राति विनाशकारी भूकम्प गएको थियो । उक्त भूकप्पमा परी ठूलो जनधनको क्षति भएको छ । ‘जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पले पुर्‍याएको मानवीय तथा संरचनागत क्षतिले हामीलाई अत्यन्त मर्माहत तुल्याएको छ । यस भूकम्पमा परी ज्यान गुमाउने सम्पूर्ण नेपालीहरूप्रति श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गर्दछौं,' क्यानले भनेको छ, 'साथै, घाइते सम्पूर्णको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत आइतबार हुने नेपाल र ओमानबीच फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको ५० प्रतिशत रकम भूकम्प पीडितको सहयोगार्थ प्रदान गरिने घोषणा गर्दछौं ।'

salt training

कमेन्ट गर्नुहोस्