३० जेठ २०८३, शनिबार

भूकम्प प्रभावितलाई आवश्यक सहयोग गर्छौं : अमेरिकी दूतावास​

कात्तिक १८, २०८०
काठमाडौं
भूकम्प प्रभावितलाई आवश्यक सहयोग गर्छौं : अमेरिकी दूतावास​

नेपालस्थित अमेरिकी दूतावासले जाजरकोट भूकम्पप्रति दुःख व्यक्त गर्दै आवश्यक सहयोग गर्ने जनाएको छ ।​​

गएराति गएको भूकम्पमा जनधनको क्षतिपछि सामाजिक सञ्जालमा लेख्दै अमेरिकी दूतावासले ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्दै प्रभावित प्रभावितलाई सहयोग गर्न तत्पर रहेको छ । नेपालले भोग्नुपरेको यो भयानक घटनामा आफूहरू तत्पर रहेको दूतावासको भनाइ छ ।

सहयोग चाहिने कोही अमेरिकी नागरिक भए सम्पर्कमा आउन पनि दूतावासले भनेको छ । ​

गएराति जाजरकोटलाई केन्द्र बनाएको गएको ६.४ रेक्टरस्केलको भूकम्पमा परी १३६ बढीको मृत्यु हुनाका साथै १४० बढी घाइते भएका छन् । 

सरकार घाइतेको उद्धार, उपचार र पीडितलाई राहतमा सक्रिय भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्