०६ साउन २०८३, बुधबार

लुम्बिनी प्रदेशको कार्यवाहक मुख्यमन्त्रीमा मास्की

कात्तिक १८, २०८०
बुटवल
लुम्बिनी प्रदेशको कार्यवाहक मुख्यमन्त्रीमा मास्की

​​लुम्बिनी प्रदेश सरकारको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री धनबहादुर मास्कीलाई दिइएको छ  ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरी विभिन्न कार्यक्रममा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएकाले मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री मास्कीलाई प्रदान गरिएको हो ।

कात्तिक १८ गतेदेखि मुख्यमन्त्री फर्किँदासम्म मुख्यमन्त्रीको सिफारिसमा अर्थमन्त्री मास्कीलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी प्रदान गरिएको प्रदेश प्रमुखका प्रवक्ता धर्मा अर्यालले बताए । 

मुख्यमन्त्री चौधरी ‘द एसेम्बली स्टेट अफ न्यू योर्क, अलबेनीक ३० औं डिस्ट्रिक्ट’लगायतका दुई वटा कार्यक्रममा सहभागी हुने अमेरिका जान लागेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्