२८ असार २०८३, आइतबार

संसारकी सबभन्दा मोटी महिला इमानको मृत्यु

कात्तिक २०, २०७४
संसारकी सबभन्दा मोटी महिला इमानको मृत्यु

काठमाडौं, ९ असोज — संसारकी सबभन्दा मोटी महिला इमान अहमदको निधन भएको छ । युएईको अबु धाबीमा उपचारका क्रममा सोमवार उनको मृत्यु भएको हो ।


एक हप्ताअघि मात्र ३७औं जन्मदिन मनाएकी इमान केही समयअघि भारतमा उपचार गराउँदै थिइन् ।

कुनै समयमा इमानको तौल ५०० किलो थियो ।

अबु धाबीको बुर्जील अस्पतालमा उपचार गराइरहेकी इमानको मिर्गौलाले काम गर्न छोडेको थियो र उनलाई मुटुको समस्या पनि थियो । बीसजना चिकित्सकको निरीक्षणमा उनलाई राखिएको थियो ।

इमान इजिप्टकी नागरिक हुन् ।

सानैदेखि थाइरोइडको समस्या भएकी इमानको भारतमा उपचार हुँदा तौल घटेर २५० किलो पुगेको थियो ।

एघार वर्षकी हुँदादेखि अप्राकृतिक रूपमा तौल बढेका कारण इमानलाई अनेकथरी रोगले सताएको थियो । उनको तौल नघटाउने हो भने कुनै पनि बेलामा उनको मृत्यु हुनसक्ने चेतावनी चिकित्सकहरूले दिएका थिए ।

नभन्दै यही मोटोपनका कारण उनको अल्पायुमै मृत्यु भयो ।

पच्चीस वर्षसम्म मोटोपनका कारण ओछ्यानमै बिताएकी इमानको गोडाको मांसपेशी कमजोर भएको थियो ।

उनलाई निद्राको पनि समस्या थियो । उनी जम्मा एक घन्टा सुत्थिन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्