
आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटको उपाधिको छिनोफानो आज (आइतबार) हुँदैछ । छनोटको फाइनलमा नेपालले आज ओमानको सामना गर्दै छ । दुई देशबीचको खेल ११ बजे बिहान टीयू क्रिकेट मैदानमा शुरू हुनेछ ।
दुवै टोली २०२४ को विश्वकपमा छनोट भइसकेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले आजको खेलमा बाउन्ड्री कटेर गएको बल एक हातले क्याच गर्ने दर्शकलाई २० हजार रूपैयाँ नगद दिने भएको छ ।
खेलाडीले छक्का प्रहार गर्दा बाउड्रीबाहिर गएको बल एक हातले समात्ने दर्शकलाई २० हजार दिने क्यानले घोषणा गरेको हो ।
