०५ साउन २०८३, मंगलबार
टी-२० विश्वकप छनोट

ओमानविरुद्ध 'पावर प्ले'मा ४७ रन

कात्तिक १९, २०८०
काठमाडौं
ओमानविरुद्ध 'पावर प्ले'मा ४७ रन

आईसीसी टी-ट्वाटी विश्वकप छनोटको फाइनलमा ओमानविरुद्ध पावर प्लेमा नेपालले ४७ रन जोडेको छ ।

ओपनर आशिफ शेख ६ रन जोड्दा आउट भए पनि कुशल भुर्तेलले आक्रामक अन्दाजमा नेपालको पारीलाई अगाडि बढाएका हुन् ।

यो समाचार तयार पार्दासम्म ६ ओभर १ बलको समाप्तिमा नेपालले २ विकेटको क्षतिमा ४७ रन जोडेको छ ।

नेपाल र ओमान दुवै विश्वकपमा छनोट भइसकेका छन् । 

यो खेल छनोट प्रतियोगिताको विजेता चयनका लागि मात्र भइरहेको हो ।

salt training

कमेन्ट गर्नुहोस्