
आईसीसी टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गत नेपाल र ओमानबीचको फाइनल खेल सुपर ओभरमा पुगेको छ ।
दुवै टीमको रन बराबरी भएपछि सुपर ओभरबाट खेलको निर्णय लिन लागिएको हो ।
नेपालले पेश गरेको १८५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८४ रन जोड्यो ।
अब एक–एक ओभर खेलाएर नतिजा निकाल्न लागिएको हो ।