२२ असार २०८३, सोमबार

अवैध लागूऔषध गाँजासहित सात जना पक्राउ

कात्तिक १९, २०८०
मकवानपुर
अवैध लागूऔषध गाँजासहित सात जना पक्राउ

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ स्थित रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ९ केजीसहित ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मनहरी गाउँपालिका-८ बस्ने ४० वर्षीय मंगल थोकर, ५० वर्षीय बुद्धि मोक्तान र १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले ना.४ ख ५९२२ नम्बरको बसमा सवार उनीहरुलाई ३/३ केजी गरी उक्त परिमाणको गाँजा फेला पारी पक्राउ गरेको हो ।

यसैगरी    बाराको निजगढ नगरपालिका-११  बाह्रकिलोबाट अवैध लागूऔषध गाँजा ६ केजीसहित ३ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रौतहट दुर्गा भगवती गाउँपालिका-५ बडहर्वा बस्ने ३८ वर्षीय ईस्लाम मंसुरी, झापा शिबसतासी नगरपालिका-६ शिबगंज बस्ने २८ वर्षीय बिबेक कुमार ठाकुर र सुनसरी रामधुनी नगरपालिका-१ शिवचोक बस्ने ४१ वर्षीय कुबेर दाहाल रहेका छन् । ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले को.१ ख ७९१४ नम्बरको बसमा सवार ईस्लाम, बस चालक ठाकुर र सह-चालक दाहाललाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

  सर्लाहीको हरिपुर नगरपालिका-९ पिडारी बस्ने २२ वर्षीय सुमित साहलाई पनि अवैध लागूऔषध गाँजा करिब ६ सय ग्रामसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

साहले आफ्नै घरमा गाँजा बेच्दै गरेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्