×

NMB BANK
NIC ASIA

अवैध लागूऔषध गाँजासहित सात जना पक्राउ

मकवानपुर | कात्तिक १९, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ स्थित रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ९ केजीसहित ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

Muktinath Bank

पक्राउ पर्नेहरुमा मनहरी गाउँपालिका-८ बस्ने ४० वर्षीय मंगल थोकर, ५० वर्षीय बुद्धि मोक्तान र १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले ना.४ ख ५९२२ नम्बरको बसमा सवार उनीहरुलाई ३/३ केजी गरी उक्त परिमाणको गाँजा फेला पारी पक्राउ गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरी    बाराको निजगढ नगरपालिका-११  बाह्रकिलोबाट अवैध लागूऔषध गाँजा ६ केजीसहित ३ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रौतहट दुर्गा भगवती गाउँपालिका-५ बडहर्वा बस्ने ३८ वर्षीय ईस्लाम मंसुरी, झापा शिबसतासी नगरपालिका-६ शिबगंज बस्ने २८ वर्षीय बिबेक कुमार ठाकुर र सुनसरी रामधुनी नगरपालिका-१ शिवचोक बस्ने ४१ वर्षीय कुबेर दाहाल रहेका छन् । ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले को.१ ख ७९१४ नम्बरको बसमा सवार ईस्लाम, बस चालक ठाकुर र सह-चालक दाहाललाई उक्त गाँजासहित पक्राउ गरेको हो । 


Advertisment
Nabil box
Kumari

  सर्लाहीको हरिपुर नगरपालिका-९ पिडारी बस्ने २२ वर्षीय सुमित साहलाई पनि अवैध लागूऔषध गाँजा करिब ६ सय ग्रामसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

Vianet communication
Laxmi Bank

साहले आफ्नै घरमा गाँजा बेच्दै गरेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x