१३ असार २०८३, शनिबार

राहत लिएर आरके शर्मा नेतृत्वको एनआरएनए भूकम्प प्रभावित क्षेत्रतर्फ

कात्तिक १९, २०८०
काठमाडौं
राहत लिएर आरके शर्मा नेतृत्वको एनआरएनए भूकम्प प्रभावित क्षेत्रतर्फ

गैरआवासीय नेपाली संघ (एनआरएन)का अध्यक्ष राजेन्द्रकुमार शर्मा (आरके) नेतृत्वको टोली भूकम्प प्रभावित क्षेत्रमा उद्दारका लागि प्रस्थान गरेको छ । 

राहत सामग्रीसहितको टोली आइतबार भूकम्प प्रभावित जिल्ला जाजरकोट प्रस्थान गरेको हो । १० करोडको विपद् कोष बनाउने घोषणा गरेको एनआरएनएले आवश्यक पर्ने त्रिपाल, कम्बलसहित जाजरकोट प्रस्थान गरेको महासचिव बुद्धिसागर सुवेदीले जानकारी दिए । 

यसअघि शनिबार जूममार्फत एनआरएनका पदाधिकारी तथा विभिन्न अभियन्ताहरुले विपद् उद्दार कोषमा सहयोग गर्ने रकम पनि घोषणा गरेका थिए । जसमा अध्यक्ष शर्माले २१ लाख, महासचिव सुवेदीले १९ लाख कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाले १७ लाख, निवर्तमान अध्यक्ष कुल आचार्यले ५ लाख ५५ हजार ५ सय ५५सहित विभिन्न व्यक्तिहरुले रकम सहयोग गर्ने घोषणा गरेका थिए ।

एनआरएनले भूकम्प प्रभावित क्षेत्रमा विज्ञसहितको टोली लिएर गएपछि भूकम्प प्रभावित क्षेत्रको राहत वितरण तथा उद्दार कार्यमा सरकारलाई सघाउने अध्यक्ष शर्माले जानकारी दिए । 

सरकारले एकद्वार प्रणालीमार्फ राहत वितरण लगाएतका कामहरु गर्ने बताएकाले सरकारको नियम अनुसार नै आफूहरुले काम गर्ने पनि अध्यक्ष शर्माको भनाई छ । 

salt training

कमेन्ट गर्नुहोस्