
नेकपा माअोवादीले जाजरकोट भूकम्पलाई मध्यनजर गर्दै जनपरिचालनका कार्यक्रम स्थगित गरेको छ । मंसिर २२ गते काठमाडौंमा आयोजित वृहद जनपरिचालनको कार्यक्रम हालका लागि स्थगित गरिएको सो पार्टील जनाएको छ ।
‘भूकम्पजस्तो प्राकृतिक विपदको परिस्थितिका कारण पार्टीको तर्फबाट मंसिर २२ गते काठमाडौंमा आयोजित वृहद जनपरिचालनको कार्यक्रम हालका लागि स्थगित गरिएको छ’, माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।
यस्तै पार्टीद्वारा संचालित विशेष रुपान्तरण अभियानलाई जारी राख्ने माओवादीको भनाइ छ । तर, चियापान, शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम जस्ता उत्सवमय कार्यक्रमहरु तिहारसम्मका लागि स्थगन गर्ने निर्णय गरिएको सो पार्टीले जनाएको छ ।