×

NMB BANK
NIC ASIA

फिल्म ‘दुई कदम’का जोडी भन्छन् : ‘रियल लाइफ’सँग मिल्दोजुल्दो भूमिकामा छौँ

फिल्म पढिरहेका इओन, ब्युटी पेजेन्ट र डकुमेन्ट्री हुँदै फिल्ममा आएकी सिमोन

काठमाडाैं | कात्तिक २०, २०८०

NTC
Premier Steels

इओन लिम्बु र सिमोन गिरी दुवैका लागि पहिलो फिल्म हो – ‘दुई कदम’ । यो लभस्टोरी फिल्मलाई उदय सुब्बाले निर्देशन गरेका हुन्, जुन मंसिर २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । अहिले प्रचारप्रसारको दौडधुपमा रहेका दुवै जना फिल्मलाई लिएर निकै उत्साहित छन् । ​

Muktinath Bank

डेब्यु अभिनेता इओनले फिल्मलाई लिएर यतिबेला नर्भसनेस, उत्साह, खुशी सबै कुरा एकैपटक महसुस गरिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘आफूले गरेको मेहनत अब चाँडै पर्दामा आउँदैछ’ उनी हल्का मुस्कुराउँदै भन्छन् ‘सोहीकारण अहिलेको समय आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण क्षण लागिरहेको छ ।’ 


Advertisment
Nabil box
Kumari

डेब्यू अभिनेत्री सिमोन टिजर र गीतबाट सकारात्मक प्रतिक्रिया पाउँदा खुशी छिन् । अभिनेत्री बन्ने पहिल्यैदेखिको सपना पूरा हुँदै गर्दा एकदमै खुशी लागिरहेको उनी सुनाउँछिन् । 

Vianet communication

ताप्लेजुङ पुख्यौली घर भएका इओन हङकङमा जन्मिएका हुन् । काठमाडौंमा हुर्किए । अभिनयमा बाल्यकालदेखि रुचि राख्दै आए । अहिले उनले फिल्म पढिरहेका छन् । उनी अस्कर इन्टरनेशनल कलेजमा ‘ब्याचलर इन फिल्म स्टडिज’मा अन्तिम वर्षमा अध्ययनरत छन् । 

यता, नेपालगन्जकी सिमोनले केही ब्युटी पेजेन्ट, डकुमेन्ट्री हुँदै फिल्ममा डेब्यु गरेकी हुन् । हाल उनी बि.ए. दोस्रो वर्षमा अध्ययनरत छिन् । 

यी दुवैजना फिल्ममा एक अर्कासँगको सहकार्य एकदमै राम्रो भएको अनुभव सुनाउँछन् ।

​इओनले फिल्ममा राम्रो को–स्टार पाएको भन्दै सिमोनले आफूले सोचेको भन्दा राम्रो काम गरेको बताउँछन् । फिल्ममा इओनसँगको सहकार्यलाई लिएर सिमोन भन्छिन् ‘एकदमै राम्रो अनुभव भयो । दुवै जना नयाँ भएपनि आफूलाई थाहा नभएको कुराहरू एक अर्कासँग सिक्दै काम गर्यौँ ।’ 

दुवै कलाकार फिल्ममा आफूहरूको क्यारेक्टर रियल लाइफसँग मिल्दोजुल्दो रहेको बताउँछन् । ‘मेरो वास्तविक जीवनसँग धेरै मेल खाने क्यारेक्टर छ । आकाश क्यारेक्टर ब्याचलर सकेर बसेको केटा हो, जो बाबुआमाकै पैसामा डुलेर हिँड्छ । लाइफमा त्यस्तो ठूलो केही सपना छैन । साथीसँग बाइकमा डुल्न जाँदा वसन्तपुरमा अर्को क्यारेक्टरसँग भेट भएपछि कथा अगाडि बढ्छ’ इओन वास्तविक क्यारेक्टरसँग मिल्दोजुल्दो भएका कारण पनि अभिनयमा सहज भएको बताउँछन् । 

फिल्ममा सिमोनको क्यारेक्टर चञ्चले, सबैसँग खुलेर हाँस्ने–बोल्ने खालको छ । उनी भन्छिन्, ‘म रियल लाइफमा पनि त्यस्तै छु ।’ 

यी दुवै कलाकार आफूहरूको पहिलो चलचित्र सोचेको भन्दा राम्रो बनेको बताउँछन् । फिल्म क्षेत्रमै करिअर बनाउने सोचमा रहेका उनीहरू पहिलो फिल्ममा भएका कमीकमजोरी सुधार्दै आगामी यात्रा अगाडि बढाउने अठोट गर्छन् । ​

सिमोनलाई ग्रामीण परिवेशका फिल्ममा काम गर्न मन छ । ‘ग्रामीण भेगका नसमेटिएका थुप्रै कथाहरू भएजस्तो लाग्छ । हामी सहरमा बस्नेहरूलाई गाउँका धेरै कुराहरू थाहा नहुन सक्छ । त्यस्तो धेरैलाई थाहा नभएको, रियालिटी वेशका कथामा चलचित्र गर्न मन छ’ उनी भन्छिन् । ​​

इओन भने आफूलाई फरक–फरक खालका फिल्महरूमा काम गर्न मन रहेको बताउँछन् । 

तारा देवी लिम्बुको निर्माण रहेको ‘दुई कदम’मा इओन र सिमोनका साथमा गौरव पहारी, प्रेम सुब्बा, कविता आले, बुद्धि तामाङलगायतको अभिनय छ ।​​ 

लभस्टोरीका साथै कमेडी, एक्सन र कल्चरलाई समेत फिल्ममा दर्शकहरूले हेर्न पाउने निर्माण पक्षले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x