×

सिंहदरबारमा धर्ना बस्ने कोशीका मुख्यमन्त्री कार्कीको चेतावनी

विराटनगर | कात्तिक २३, २०८०

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सिंहदरबारमा धर्ना बस्ने चेतावनी दिएका छन् ।​

Laxmi Bank

बिहीवारको प्रदेशसभा बैठकको प्रश्नोत्तर कार्यक्रममा प्रदेशसभा सदस्यले उठाएको प्रश्नको जवाफ दिँदै उनले मुख्यमन्त्रीको हैसियतमा धर्ना दिने बताएका हुन् । ​


Advertisment

प्रदेशसभा सदस्य गोम्बु शेर्पाले नेपालको संविधानले संघ, प्रदेश तथा स्थानीय तहका  साझा अधिकार सूचीमा रहेको अधिकारमा आवश्यक कानून बनाएर कार्यान्वयन नगर्दा प्रदेश र स्थानीय तहमा धेरै समस्या भएको भन्दै मुख्यमन्त्रीलाई यसमा तपाईँको कार्य योजना के रहेको छ, भनेर प्रश्न सोधेका थिए ।


Advertisment

जवाफमा मुख्यमन्त्री कार्कीले संघीय सरकारले संविधान कार्यान्वयन गर्नुभन्दा पहिलो कार्यकालमा प्रदेश सरकारले कानूनहरू धेरै बनाएको बताएका थिए ।

संघले प्रदेश र स्थानीय तहलाई दिने साझा सूचीका अधिकारहरूका कानून बनाउने भन्दा सरकार फेरबदल गर्ने र सरकार बचाउने खेलमा संघीय सरकार लागेको उनको आरोप छ ।

‘संघीय संसदमा कहिले प्रदेशहरूलाई तुच्छ बोल्ने, गन्दै नगन्ने जस्ता प्रायोजित कुरा गरेर उहाँहरूले समय बिताउनुभयो,’ मुख्यमन्त्री कार्कीले भने, ‘अहिले पनि प्रदेश र स्थानीय तहलाई स्थापित गर्ने संविधानको अधिकार प्रत्यायोजन गर्ने कानून बनाउन ढिला गर्दै हुनुहुन्छ ।’​

संघीय संसदमा प्रदेशलाई होच्याएर बोल्ने गरेको  उनले आरोप लगाए । प्रदेश निजामती सेवाको कानून अगाडि बढ्दै गएको र  प्रदेशसभामा पनि विचाराधीन रहेकाले केही राम्रो संकेत आइरहेको उनले बताए । अब त्यही अवस्थामा पनि बस्न नसक्ने उनको भनाइ छ ।

‘नेपालको संविधानअनुसार प्रदेशलाई दिने अधिकार प्रदेशमा ल्याउनका लागि अघिल्लोपटक मैले संघीय सरकारलाई मुद्दा हाल्ने कि भनेको थिएँ । तर त्यति बेला म दोस्रो बरियतामा थिएँ । अहिले म पहिलो दर्जामा पुगेको छु,’ उनले भने, ‘संघीय सरकारले कब्जा गरेका अधिकार ल्याउनका लागि मुद्दा हाल्न पनि सक्छौं ।  संविधानले दिएको प्रदेशको अधिकार प्रदेशमै ल्याउनका लागि सिंहदरबार मै धर्ना दिन पनि सकिन्छ । छिटै आएन भने र उहाँहरूले तदारुकता देखाउनु भएन भने सिंहदरबारमा म आफैं मुख्यमन्त्रीको हैसियतमा धर्ना दिन्छु र प्रदेशको अधिकार छिटै ल्याउन लाग्छु । म सम्मानित सभासँग अनुमति पनि माग्छु ।’ 

यस्तै मुख्यमन्त्री कार्कीले सर्वदलीय सहमतिको सरकार बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन् ।​

प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले उठाएको प्रश्नको जवाफ दिँदै उनले एमालेकै एजेन्डाअनुसार सहमतिको सरकार बनाउन आफू लागेको बताए ।

‘पहिले तपाईँ आफै प्रदेश केन्द्रले चलाउने होइन भनेर प्रदेशसभामा बुरुक्क-बुरुक्क गर्नुहुन्थ्यो । अहिले एमालेको सहयोगमा मुख्यमन्त्री बनेपछि केन्द्रबाटै परिचालित हुन थाल्नुभयो । त्यही भएर एमालेलाई खोलो तरेपछि लौरो बिर्सेजस्तो गर्नुभयो । अब एमालेलाई के गर्नुहुन्छ ?’ भन्दै राजभण्डारीले मुख्यमन्त्री कार्कीलाई प्रश्न गरेका थिए ।

राजभण्डारीको प्रश्नको जवाफमा मुख्यमन्त्री कार्कीले आफू सरकारलाई एमालेको समर्थन कायमै रहेको बताए । ‘एमालेले अहिलेको सरकारलाई समर्थन जारी राखेको छ । एमालेका मन्त्रीज्यूलाई मैले सरकारबाट निकालेको होइन । उहाँहरू  आफैले राजीनामा दिनुभएको हो ।  मैले लौरो बिर्सेको छैन । बरु लौरो आफैं आवेशमा, इमोसनमा आएर निस्कनु भयो । म एमालेलाई साथै लिएर हिँड्न प्रतिबद्ध छु,’ मुख्यमन्त्री कार्कीले भने । 

मुख्यमन्त्री कार्कीले एमालेका माननीयहरूलाई दौरा सुरुवाल लगाएर मन्त्री हुने तयारीमा बस्न समेत आग्रह गरेका छन् । 

कोशी प्रदेशमा पहिलोपटक मुख्यमन्त्रीसँग ‘प्रश्न उत्तर’ कार्यक्रम भएको हो ।

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

भदौ २६, २०८१

नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

भदौ २४, २०८१

सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

भदौ २४, २०८१

कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...

x