
नेपाल भारत मैत्री सङ्घले ‘जाजरकोट र रुकुम पश्चिम भूकम्प’ बाट प्रभावितलाई तत्काल १२ लाख रुपैयाँ बराबरको अति आवश्यक बस्तु सहयोग उपलब्ध गराउने भएको छ ।
मानव जीवनमा अति आवश्यक सामग्री सहित उक्त सहयोग गर्ने भएको सङ्घले जनाएको छ । महासचिव बोधकृष्ण सुबेदीका अनुसार भूकम्प प्रभावित क्षेत्रमा चामल, दाल, नुन तेल लगायतका खाद्य बस्तु वितरण गरिने छ । त्यस्तै जाडोबाट बचाउनको लागि चाहिने ८ सय ब्ल्याङकेट पनि प्रभावित क्षेत्रमा वितरण गरिने भएको हो ।
उक्त समान भूकम्प प्रभावित ८ सय परिवारलाई नै वितरणको तयारी गरिएको हो ।