०६ साउन २०८३, बुधबार

आज यी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

कात्तिक २४, २०८०
काठमाडौं
आज यी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

आज देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूर-पश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

आज राति देशको सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। 

कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

राति पनि देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्