२२ असार २०८३, सोमबार

पोखरामा राप्रपा नेपालको सभा, कमल थापाले सम्बोधन गर्ने

कात्तिक २४, २०८०
काठमाडौं
पोखरामा राप्रपा नेपालको सभा, कमल थापाले सम्बोधन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले आज पोखरामा गर्ने भएको छ । राप्रपा नेपाल कास्कीको आयोजनामा हुने सभा पोखराको चाउथे चोकमा हुनेछ । सभालाई अध्यक्ष कमल थापाले सम्बोधन गर्नेछन् । 

राजसंस्था पुनःस्थापनाको कार्यनीति बनाएपछि राप्रपा नेपालले सडक केन्द्रित कार्यक्रम गरिरहेको छ । 

सभालाई अध्यक्ष थापासहित उपाध्यक्ष तारानाथ लुइँटेल ,महामन्त्रीद्वय राजाराम बर्तौला र कृष्ण कार्कीलगायत नेताहरूले सम्बोधन गर्ने राप्रपा नेपाल कास्कीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्