२२ असार २०८३, सोमबार

सामाजिक सञ्जाललाई सूचीकृत हुन तीन महिनाको समय

कात्तिक २४, २०८०
काठमाडौं
सामाजिक सञ्जाललाई सूचीकृत हुन तीन महिनाको समय

नेपालमा  सञ्चालमा  रहेका  सबै  सामाजिक  सञ्जाल   कम्पनीहरू   सञ्चार   तथा   सूचना   प्रविधि  मन्त्रालयमा  रहेको  सामाजिक  सञ्जाल  व्यवस्थापन  एकाइमा  अनिर्वाय  रूपमा  सूचीकृत  हुनपर्ने भएको छ ।

 नेपालमा मुख्य रूपमा फेसबुक, एक्स,  युट्युब,  टिकटक,  इन्स्टाग्राम,  लिङ्कडी,  स्न्यापच्याटलगायतका सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । सबै सामाजिक सञ्जाललाई सूचीकृत हुन तीन महिनाको अवधि दिइएको छ ।

बिहीबार   बसेको   मन्त्रीपरिषद्   बैठकले   मन्त्रीपरिषद्  विधेयक  समितिबाट  पेस  भएको  सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० परिमार्जनसहित स्वीकृत गरेको जानकारी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दिइन् ।  यसँगै सामाजिक सञ्जाल अनिवार्य रूपमा सूचीकृत हुनुपर्ने भएको खबर गोरखापत्रमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्