×

NIC ASIA

सरसर्ती २४ घण्टा

सन्दीप लामिछाने र रेशम चौधरीविरुद्धको छुट्टाछुट्टै मुद्दा लम्बियो

काठमाडाैं | कात्तिक २४, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

सरकारले पोर्चुगलको लागि नेपाली राजदूतमा सनिल नेपाललाई सिफारिस गरेको छ । 
मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले पाल्पाका नेपाललाई पोर्चुलगको लागि नेपाली राजदूत सिफारिस गरेको सरकारी प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले मूलपानी, भरतपुर र विराटनगर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने निर्णय पनि गरेको छ ।
००००
नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरीको आममाफीविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दाको पेसी आगामी पुस १६ गतेका लागि तोकिएको छ । बिहीबार न्यायाधीश अभावका कारण देखाउँदै चौधरीविरुद्धको मुद्दा स्थगितको सूचीमा परेको हो । यससँगै उनीविरुद्धको मुद्दा दुई महिना पर सरेको छ । 
००००
यसैगरी क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारसम्बन्धी मुद्दा फेरि लम्बिएको छ । नाबालिग भनिएकी किशोरीको जाहेरीपछि लामिछानेले बलात्कारको मुद्दा खेपिरहेका छन् । सोही क्रममा काठमाडौँ जिल्ला अदालतले बिहीबार लिखित बहस नोट पेस गर्न आदेश भएको छ ।  


Advertisment
Rupse Holidays
Nabil box

००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न सरकार दृढतापूर्वक अगाडि बढिरहेको बताएका छन् । ‘प्रतिमान–नीमा स्मृति प्रतिष्ठान’को २०औँ वार्षिकोत्सवलाई बिहीबार सम्बोधन गर्दै उनले सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढेको वर्तमान सरकार देशमा विद्यमान चुनौतीलाई अवसरमा बदल्न क्रियाशील रहेको बताए ।

Vianet communication

यसैगरी अर्को एक कार्यक्रममा प्रचण्डले माओवादी सशस्त्र जनयुद्ध पृथ्वीनारायण शाहको एकीकरण अभियानपछि नेपालमा जनस्तरबाट गरिएको सबैभन्दा ठूलो कीर्तिमान भएको दाबी गरेका छन् ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ जुनझेङ नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । 

राष्ट्रपति भवन शीतलनिवासमा विहीवार भएको सो भेटवार्तामा दुई देशबीचको सम्बन्ध र आपसीहित लगायतका विषयमा छलफल भएको थियो ।
००००
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनको मृत्युको खबर पुष्टि गरिसकेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले जानकारी दिइन् ।
००००
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ वर्षीय मनोज ‘मानव’ भन्ने मनोजकुमार महतो रहेका छन् । उनी युट्युबर हुन् ।
००००
एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसनको संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभिन्न विषयमा छलफल हुँदैछ ।
००००
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सिंहदरबारमा धर्ना बस्ने चेतावनी दिएका छन् ।

बिहीवारको प्रदेशसभा बैठकको प्रश्नोत्तर कार्यक्रममा प्रदेशसभा सदस्यले उठाएको प्रश्नको जवाफ दिँदै उनले मुख्यमन्त्रीको हैसियतमा धर्ना दिने बताएका हुन् । 

प्रदेशसभा सदस्य गोम्बु शेर्पाले नेपालको संविधानले संघ, प्रदेश तथा स्थानीय तहका  साझा अधिकार सूचीमा रहेको अधिकारमा आवश्यक कानून बनाएर कार्यान्वयन नगर्दा प्रदेश र स्थानीय तहमा धेरै समस्या भएको भन्दै मुख्यमन्त्रीलाई यसमा तपाईँको कार्य योजना के रहेको छ, भनेर प्रश्न सोधेका थिए ।

जवाफमा मुख्यमन्त्री कार्कीले संघीय सरकारले संविधान कार्यान्वयन गर्नुभन्दा पहिलो कार्यकालमा प्रदेश सरकारले कानूनहरू धेरै बनाएको बताएका थिए ।

संघले प्रदेश र स्थानीय तहलाई दिने साझा सूचीका अधिकारहरूका कानून बनाउने भन्दा सरकार फेरबदल गर्ने र सरकार बचाउने खेलमा संघीय सरकार लागेको उनको आरोप छ ।
००००
अखिल नेपाल फूटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्धको बर्खास्तीको प्रस्ताव अस्वीकृत भएको छ । हेटौँडामा बिहीवार बसेको विशेष साधारणसभामा भएको मतदानले प्रस्ताव अस्वीकृत गरेको हो ।

बर्खास्तीको विपक्षीमा ८७ मध्ये ५२ मत परेको थियो । यस्तै पक्षमा ५२ मत खसेको थियो भने १ मत बदर भएको थियो ।
००००
साल्ट ट्रेडिङ कर्पोरेशनले खुद्रा किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको ‘कोटा’ बढाएको छ ।
कर्पोरेशनले गत मङ्गलवारदेखि उनीहरूलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा प्रतिपसल १० बोराबाट २० बोरा र्पुयाएको हो ।
००००
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूविरुद्ध एक दैनिक पत्रिकाले बदनियत राखेर भ्रामक र तथ्यहीन समाचार प्रकाशित गरेको प्रष्टीकरण दिएका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् नेता शर्माले कुत्सित नियतका साथ तथ्य र यर्थाथतालाई तोडमोड गरी भूकम्प प्रभावितको राहतमा आफूले हस्तक्षेप गरेको भनेर भ्रामक समाचार प्रकाशन गरिएको प्रष्टीकरण दिएका हुन् ।
००००
उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले आफ्नो संयुक्त अरब इमिरेट्सका लागि तय भएको भ्रमण स्थगित गरेका छन् । 
यही कात्तिक २७ गतेदेखि मंसिर १ गतेसम्म दुवईमा आयोजना हुन लागेको १८औं एयरशो, २०२३ का लागि उनको भ्रमण तय भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x