२९ असार २०८३, सोमबार

जनताको संघर्षबाट स्थापित व्यवस्था संकटमा पर्दैन: सिंह

कात्तिक २४, २०८०
काठमाडौं
जनताको संघर्षबाट स्थापित व्यवस्था संकटमा पर्दैन: सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संकटमा नपर्ने बताएका छन् । लौहपुरुष गणेशमान सिंहको १०९औं जन्मजयन्तीमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमका बोल्दै उनले जनताको संघर्षबाट स्थापित व्यवस्था संकटमा नपर्ने बताएका हुन् । 

अहिले जनताले डेलिभर खोजिरहेको भन्दै सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने उनले बताए । स्थानीय, प्रदेश र संघगरी तीनै तहका सरकारलाई प्रभावकारी बनाउनुपर्ने सिंहले बताए । 'जनतालाई डेलिभरी गर्न तीनै तहका सरकारलाई आवश्यक अधिकार दिएर अगाडि बढ्नुपर्छ,' उनले भने ।  

त्यस्तै सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै तिहारपछि सत्ता गठबन्धन ढल्छ भन्ने कुरामा कुनै आधार नभएको उनले बताए ।

 संविधानको रक्षाका लागि गठबन्धन बनेकाले सहमति अनुसारनै अघि बढ्ने सिंहको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्