२९ जेठ २०८३, शुक्रबार

दिल्लीमा उच्च वायु प्रदूषण: पानी परेपछि हल्का राहत, अझै दुई दिन कृतिम वर्षा गराउने तयारी

कात्तिक २४, २०८०
काठमाडौं
दिल्लीमा उच्च वायु प्रदूषण: पानी परेपछि हल्का राहत, अझै दुई दिन कृतिम वर्षा गराउने तयारी

उच्च वायु प्रदूषणको सामना गरिरहेको दिल्लीमा वर्षा भएपछि राहत मिलेको छ । गएराति भएको वर्षाले दिल्लीमा प्रदूषणबाट केही राहत मिलेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

समाचारमा जनाइएअनुसार दिल्लीमा रातभर पानी परेको थियो । रातभर पानी परेपछि प्रदूषण निकै घटेको छ । 

यसअघि दिल्ली सरकारले कृतिम वर्षा गराउने योजना बनाएको थियो । अझै दुई दिन दिल्लीमा कृतिम वर्षा गराउने तयारी छ ।

दिल्लीका वातावरण मन्त्री गोपाल रायले नोभेम्बर २० र २१ तारिक ​दिल्लीमा कृतिम वर्षा गराउने तयारी रहेको बताए । 

प्रदूषण उच्च भएपछि दिल्लीमा विद्यालय बन्द गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्