११ साउन २०८३, सोमबार

जाजरकोटमा भूकम्प पीडितका लागि नमूना अस्थायी टहरा बनाउँदै कांग्रेसका गगन र विश्वप्रकाश

कात्तिक २४, २०८०
काठमाडौं
जाजरकोटमा भूकम्प पीडितका लागि नमूना अस्थायी टहरा बनाउँदै कांग्रेसका गगन र विश्वप्रकाश

​​नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भूकम्प प्रभावित क्षेत्रमा पीडितका लागि नमूना अस्थायी टहरा निर्माणमा सक्रिय भइरहेका छन् ।

बिहीवार जाजरकोटको नलगाड १ चिउरीको दलित बस्तीमा एउटा नमूना अस्थायी टहरा बनाउन पार्टी पङ्क्तिसँगै खटिएका महामन्त्रीद्वय थापा र शर्मा शुक्रवार खलंगामा टहरा निर्माणमा जुटेका हुन् ।

null

‘पार्टी केन्द्रले प्रभावित क्षेत्रमा खटाएपछि उहाँहरूले नलगाड चिउरीको दलित बस्तीमा एउटा अस्थायी नमूना टहरा बनाउनुभयो’ गगन थापा सचिवालयका सदस्य सविन मुडभरीले भने, ‘शुक्रवार खलंगामा अर्को अस्थायी टहरा निर्माण भइरहेको छ । जस्ताको छानो भएको यस्तो संरचना अहिले नमूनाका लागि बनाइएको छ । अब काठमाडौं गएर बैठक बस्ने र यस्तै अस्थायी संरचना कति बनाउने भन्ने टुंगो लाग्छ ।’

केन्द्र र प्रदेश सरकारसँग समन्वय गरेर अझै अस्थायी संरचना निर्माणको लागि काम गर्ने तयारी महामन्त्रीद्वयले गरेका छन् । 

null

जाडोयाम र वर्षायाममा पनि बस्न सहज हुने गरी दुई कोठा बनाउन मिल्ने अस्थायी टहरा नमूनाको रुपमा महामन्त्रीद्वय नेतृत्वको कांग्रेस टोलीले बनाएको हो ।

भूकम्प प्रभावित क्षेत्रमा पार्टीले खटाएको टोलीमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व सीईओ डा. गोविन्दराज पोखरेल पनि सहभागी छन् । 

nullnull

salt training

कमेन्ट गर्नुहोस्