
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' रोल्पाको थवाङ पुगेका छन् । थवाङ गाउँपालिका स्तरीय विशेष प्रशिक्षण कार्यक्रममा सहभागी हुन प्रचण्ड शुक्रवार रोल्पा पुगेका हुन् ।
जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गतको कार्यक्रमको शिलशिलामा प्रचण्ड रोल्पा पुगेका हुन् । उनले माओवादी कार्यकर्तालाई प्रशिक्षण दिएका छन् ।
प्रचण्डसँगै रोल्पाका नेता माओवादी उपमहासचिव वर्षमान पुन पनि कार्यक्रममा सहभागी छन् ।
थवाङलाई माओवादीको लालकिल्ला मानिन्छ । तर २०७० सालको चुनावमा मोहन वैद्य र नेत्रविक्रम चन्द 'विप्लव'को आह्वानमा चुनाव वहिस्कार भएको थियो ।
शुक्रवार प्रचण्डलाई स्थानीयले सेतो टीका लगाएर स्वागत गरेका छन् । मगर समुदायले दशैंलगायत पर्वमा सेतो अक्षताको टीका लगाउने गर्दछन् ।
