
भीजी फाउन्डेसनले भूकम्पपीडितका लागि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा २१ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
फाउन्डेसनका अध्यक्ष अशोक अग्रवालले शुक्रवार गृह मन्त्रालयमै आएर उक्त सहयोग राशिको चेक उपप्रधानमन्त्री श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
प्रभावित प्रदेशसम्म आफैं ढुवानी गर्नेगरी फाउन्डेसनले पाँच सय थान कम्बल, दुई सय कार्टुन बिस्कुट र दुई सय कार्टुन कर्नफ्लेससमेत सहयोग गरेको छ ।
सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठलाई कम्बलका नमुना हस्तान्तरण गरिएको थियो ।
ट्रकमा लोड गरेर शुक्रवार नै सुर्खेत पुग्नेगरी ती सामग्रीहरू पठाइसकिएको फाउन्डेसनले जानकारी दिएको छ ।
गत कात्तिक १७ गते जागरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर १५३ जनाको मृत्यु हुनका साथै सयौंको संख्यामा घाइते भएमा थिए । भौतिक र सम्पत्तिको पनि क्षति भएको थियो ।