२७ जेठ २०८३, बुधबार

प्रधानन्यायाधीश श्रेष्ठ भन्छन् – न्यायाधीश नियुक्ति प्रक्रिया छिट्टै शुरू हुन्छ

कात्तिक २४, २०८०
काठमाडौं
प्रधानन्यायाधीश श्रेष्ठ भन्छन् – न्यायाधीश नियुक्ति प्रक्रिया छिट्टै शुरू हुन्छ
फाइल फोटो

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश नियुक्ति प्रक्रिया छिट्टै टुङ्ग्याउने बताएका छन् । 

आज सर्वोच्च अदालत बार एसोसिएसनको भवन निर्माणका लागि जग्गा भोगाधिकरणको पत्र हस्तान्तरण कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा बाँकी न्यायाधीश नियुक्ति प्रक्रियालाई छिट्टै टुङ्ग्याउने बताएका हुन् ।

‘छिटो न्याय दिनका लागि पुराना मुद्दा फछ्र्योटलाई तीव्ररुपमा अगाडि बढाएका छौं, त्यो अभियान पूरा गर्नका लागि न्यायाधीशको पनि जरुरी पर्छ’, प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘न्यायालयप्रति जनआस्था वृद्धिका लागि काम गरिरहेको बढाउका छौं ।’

प्रधानन्यायाधीश श्रेष्ठले केही समयपछि नै केही जिल्लामा भिडियो कन्फ्रेन्समार्फत बहस व्यवस्थापनको प्रबन्ध मिलाउने तयारी गरिरहेको जानकारी दिए । 

‘जुम्ला इजलास, धनकुटा इजलास, हेटौंडा इजलासमा चाँडै भिडियो कन्फ्रेन्सको माध्यमबाट बहस व्यवस्थापन गर्ने तयारी भएको छ’, उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्