२८ जेठ २०८३, बिहीबार

विद्यालयलाई अनुदानको बस हस्तान्तरण

कात्तिक २४, २०८०
तनहुँ
विद्यालयलाई अनुदानको बस हस्तान्तरण

तनहुँको म्याग्दे गाउँपालिकाले सामुदायिक विद्यालयलाई बस हस्तान्तरण गरेको छ । गाउँपालिका–३ स्थित जनगणपति माध्यमिक विद्यालयलाई ४० प्रतिशत अनुदानमा बस हस्तान्तरण गरेको हो । 

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन गाउँपालिकाको ४० र विद्यालयको ६० प्रतिशत लगानीमा बस खरिद गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । उनले भने, “सामुदायिक विद्यालयमा विद्यार्थी टिकाइराख्न विद्यालयलाई बस हस्तान्तरण गर्ने योजना बमोजिम हालसम्म चार वटा बस सहयोग गरिएको छ ।”

यसअघि गाउँपालिका–१ स्थित महेन्द्र माध्यमिक विद्यालय र वडा नम्बर २ स्थित राधा माध्यमिक विद्यालयलाई बस हस्तान्तरण गरिसकेको छ । 

गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयलाई बस सञ्चालनका लागि ४० प्रतिशत अनुदान दिने नीति ल्याएको थियो । सोही नीतिअनुसार विद्यालयलाई बस सहयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए। सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीको वातावरणमा सहजरुपमा पढाई होस् भन्ने हेतुले गाउँपालिकाले ४० प्रतिशत अनुदान दिएर अन्य दायित्व विद्यालयले बेहोर्ने गरी बस खरिद गरिएको उनको भनाइ छ । 

विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न, विद्यार्थीलाई सहजताका साथ विद्यालयमा आउने वातावरण बनाउन विद्यालयमा अनुदान दिने कार्यक्रम प्रभावकारी भएको उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए । 

यो कार्यक्रमलाई दिगोरुपमा कार्यन्वयन गर्नका लागि विद्यालयले आन्तरिक नियन्त्रण प्रणालीमा विशेष ध्यान दिनुपर्ने र लक बुकको सुरुवात गरी सबै विवरण राख्नुपर्ने उनले बताए । वडा नम्बर ४ स्थित मिन माध्यमिक विद्यालयले गत वर्ष नै बस खरिद गरी सञ्चालनमा ल्याइसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्