२४ असार २०८३, बुधबार

लुम्बिनीका केही स्थानमा बिहानैदेखि हल्का वर्षा, दिउँसो यी क्षेत्रमा हिमपात हुने

कात्तिक २५, २०८०
काठमाडौं
लुम्बिनीका केही स्थानमा बिहानैदेखि हल्का वर्षा, दिउँसो यी क्षेत्रमा हिमपात हुने

हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही  बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। लुम्बिनी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । 

सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति पनि देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

हाल देशको पश्चिमी भू-भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्