×

ज्यान जोखिममा राखेर उज्यालो भविष्य खोज्दै भुजीका बालबालिका

रामेछाप | कात्तिक २५, २०८०

  • रमेश ढुङ्गेल

रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीस्थित ठिङ्केपु आधारभूत विद्यालयमा कक्षा ४ मा पढ्ने रिया सुनुवार माथि हेर्दै डराइ-डराई पहिरो पार गरेर विद्यालय पुग्छिन् । उनलाई विद्यालयमा पढ्न आउँदा र फर्किंदा माथिबाट पहिरोसहित ढुङ्गा खस्छ कि भन्ने डर छ । ज्यान जोखिममा राखेर उनीजस्ता बालबालिका उज्यालो भविष्य खोजिरहेका छन् ।

पहिरोका कारण स्थानीय ठिङ्केपु विद्यालयमा पढ्न आउने रियासँगै खिनमाया, आईश्वरी, अर्निताजस्ता धेरै बालबालिका जोखिम पार गरेर पढ्न आउन बाध्य छन् । भविष्यलाई उज्यालो बनाउन उनीहरू जस्ता धेरै बालबालिकाले सङ्घर्ष गरिरहेका छन् ।


Advertisment

पहिरोकै कारण विद्यालयमा आउने विद्यार्थी कम भइसकेका विद्यालयका प्रधानाध्यापक राजन सुवेदीले बताए । 'यो पहिरो जानुअघि तीन सय ५० भन्दा बढी विद्यार्थी थिए । अहिले घटेर ७५ पुगेका छन् । हिउँद र वर्षा दुवै समयमा आउने पहिरोका कारण विद्यालय सञ्चालन गर्न कठिनाइ भइरहेको छ । हिजोआज पनि विद्यार्थीहरू डराइ-डराई विद्यालयमा आइपुग्छन् । सर आज ढुङ्गा खसेन नी भनेर खुसी हुन्छन्', उनले भने, 'वर्षाको बेलामा ल्याउने र पुर्‍याउने गर्नुपर्छ । पहिरो कटाउन सकिएन भने यतै व्यवस्थापन गर्नुपर्छ । ठूलै झरी परे विद्यार्थी आउने सम्भावना नै हुँदैन ।'


Advertisment

ज्यान जोखिममा राखेर नानी बाबुहरू आउँछन् । मानसिकरूपमा नै थाकेर स्कुल आइपुगेका कलिलो दिमागले कति ज्ञान लिन सक्लान् र खै ? सुवेदीले दुखेसो पोखे । 'यो त दोस्रो घ्याप्चेभन्दा पनि फरक पर्दैन । त्यहाँ जस्तै यहाँ पनि पहिरोले साह्रो कष्टकर दैनिकी बनाएको छ', उनले भने ।

मन्थली नगरपालिका र लिखु तामाकोसी गाँउपालिकाको सिमानामा पर्ने ध्याप्चे पहिरोका कारण सालुको गैराथोक कठजोरको अर्चलेका धेरै स्थानीय विस्थापित भइसकेका छन् । सदरमुकाम मन्थली र आसपासका धेरै खेतीयोग्य जमिनलाई नस्ट पारेको घ्याप्चेको पहिरोलाई जिल्लाको ठूलो पहिरोका रुपमा लिइन्छ । 

सानो पानी परे पनि पहिरो खस्ने र हिउँदमा सुख्खा पहिरो खसेर बाटो माथिबाट ढुङ्गा झर्ने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकुमार सुनुवारले बताए । 'पानी पर्‍यो कि पहिरो झरिहाल्छ । पहिरो कतिबेला आएर के गर्ने हो पत्तो हुँदैन । अर्को बाटो भएर घुमेर आउ नानी बाबु भन्न पनि कतै बाटो छैन', उनले भने, 'पहिरो झरेको फेदीमा झेलुङ्गे पुलको योजना पर्‍यो भन्ने सुनिन्छ तर पुल तरेर आउँदा/जाँदा बालबालिकालाई निकै उकालो ओरालो हिँड्नुपर्छ ।'​

​भुजीको पहिरो रोकिनेभन्दा पनि जोखिम बढाउँदै गइरहेको छ । विसं २०७२ को भूकम्पदेखि शुरू भएको उक्त पहिरो त्यस वर्षको वर्षात्‌को समयदेखि बढ्दै गएको स्थानीय भीमबहादुर नेवारले बताए । 'निरन्तर पहिरो झर्ने भएकाले जोखिम बढ्दै गएको छ । विद्यालय जाने/आउने बालबालिकालाई निकै समस्या छ', उनले भने, 'जोखिमका कारण वर्षात्‌को समयमा बालबालिकालाई वडाको व्यवस्थापनमा वडा कार्यालयमा राखेर पढाउने गरिन्छ ।'​​

​पहिरोका कारण भुजीको ठिङ्केपु पीपलडाँडा, सारीटोल, कोकर्सी गाउँको नेवारी, सुनुवार र दलित समुदाय गरी करिब ८० घरपरिवार विस्थापित भइसकेका उमाकुण्ड गाउँ कार्यपालिका सदस्य हेमन्त सुनुवारले जानकारी दिए । उनका अनुसार पीपलडाँडाबाट विस्थापित भई वडाध्यक्ष रुद्रमणि नेवारसहित दलित र नेवारी समुदायका २५ घरपरिवार अन्यत्र बसाइँसराइ गरिसकेका छन् ।​​

भूगर्भविद्‌लाई यससम्बन्धी गहिरिएर अध्ययन गराई समस्याको समाधान गर्नुपर्ने भन्दै समयमा नै समस्या समाधान नभए थप जोखिम बढ्ने कार्यपालिका सदस्य सुनुवारले बताए । 'सरकारले यस ठाउँको बस्ती स्थानान्तरणको कार्यक्रम ल्याएको छ । उक्त कार्यक्रम प्रभावकारी ढङ्गबाट कार्यान्वयन हुन सकेको छैन । रुना, ठिङ्केपु, पीपलडाँडा, फास्तुबाट वडा कार्यालय आवतजावत गर्न सङ्घीय सरकारमार्फत मुहान खोलामा झोलुङ्गे पुलको योजना पर्नुका साथै पहिरो नियन्त्रणका लागि प्रदेश सरकारबाट रू १० लाखको योजना परेको छ । तर यो मात्र पर्याप्त छैन', उनले भने।

उक्त पहिरोको जोखिमका कारण वर्षात्‌को समयमा भुजीस्थित पोल्दिममा भएको स्वास्थ्य चौकी र वडा कार्यालयमा आउने सेवाग्राहीको सङ्ख्या पनि घटेको स्थानीय दशराम सुनुवारले जानकारी दिए । 'पहिरोले विद्यालय र बालबालिकालाई मात्र नभएर अरू स्थानीयलाई समेत समस्या परेको छ । ओल्लोपाटोका नागरिकलाई किनमेलका लागिसमेत समस्या छ', उनले भने, 'दैनिक उपभोग्य सामान खरिदका लागि पहिरो कटेर जानुपर्ने बाध्यता छ ।'

पहिरोलाई रोकछेक गर्ने कुनै सम्भावना नै नभएको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले बताए । 'हामीले अहिलेलाई त्यहीँ पहिरोको बीचबाट बाटो खोलेका छौं । तर त्यहाँबाट आवतजावत गर्न जोखिम छ', उनले भने, 'हरेक वर्ष बाटो खोल्छौं । वर्षा लागेपछि बाटो सरेर झण्डै एक सय मिटरभन्दा तल पुगेको हुन्छ । त्यसको विकल्पका लागि पुल बनाउने योजनामा छौं ।'

पुल निर्माणका लागि कार्यपालिकाबाट निर्णय भएर केन्द्रमा गइसकेको अध्यक्ष सुनुवारले जानकारी दिए । यो प्रक्रियागत काम भएकाले छिट्टै पुल बनाउने काम शुरू हुने उनको भनाइ थियो ।

पुल बनेपछि मात्रै यहाँका नागरिकले पहिरोको जोखिमबाट मुक्ति पाउनेछन् । 

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

जेठ ४, २०८१

वरिपरि बोर्डिङ स्कूल नभएका होइनन् । देशकै पहिलो बोर्डिङ स्कूल मानिने त्रिभुवन आदर्श माध्यमिक विद्यालय पनि नजिकै छ तर भाषा पाठशालाका रूपमा फर्पिङमा एक सय चार वर्षअघि स्थापना भएको फर्पिङ माध्यमिक विद्यालयमा विद्यार्थ...

जेठ १, २०८१

सरकारले आगामी पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा प्राप्त हुने सुनिश्चितता गरेको छ । आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विद्याल...

देश पहिले, अनि मात्र सत्ता

देश पहिले, अनि मात्र सत्ता

असार २७, २०८१

बेलायतमा भर्खरै सम्पन्न संसदीय निर्वाचनमा १४ वर्षपछि लेबर पार्टीले तल्लो सदन अर्थात्  'हाउस अफ कमन्स्'मा प्रचण्ड बहुमत हासिल गर्‍यो । ६५० सदस्यीय तल्लो सदनमा लेबर पार्टीले करिब ६३ प्रतिशत अर्थात् ४१२ ...

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

असार २६, २०८१

प्रमुख सत्ता साझेदार नेकपा (एमाले)ले साथ छोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दिनपछि (असार २८) प्रतिनिधि सभामा विश्वासको मतको सामना गर्दैछन् । ‘विश्वासको मत नपाउने जान्दाजा...

एकीकृत समाजवादीको महाधिवेशनले दिएका ७ सन्देश

एकीकृत समाजवादीको महाधिवेशनले दिएका ७ सन्देश

असार २४, २०८१

नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन गरेर एउटा सन्देश प्रवाह गरेको छ । असार (१६–२१)मा सम्पन्न महाधिवेशनले पार्टीका नेता–कार्यकर्ता, प्रतिस्पर्धी दल, निजी क्षेत्रलगायत नेपालप्रति चासो राख्ने मित्रराष्ट्र ...

x