०८ साउन २०८३, शुक्रबार

आर्थिक मन्दीकाबीच नेपाल लाइफको सफलता : पहिलो त्रैमासमा १५ करोड ७९ लाख नाफा

कात्तिक २५, २०८०
काठमाडौं
आर्थिक मन्दीकाबीच नेपाल लाइफको सफलता : पहिलो त्रैमासमा १५ करोड ७९ लाख नाफा
फाइल फोटो

नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा उल्लेखनीय प्रगति गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफामा १०.२५ प्रतिशतको वृद्धि भएको छ । 

आर्थिक मन्दीबाट गुज्रिरहेको समयमा पनि कम्पनीले उत्साहप्रद व्यवसाय गरेको छ ।

यस त्रैमासकको अन्त्य सम्ममा कम्पनीको जगेडा तथा कोषमा करिब ७९.३३ करोड रुपैयाँ रहेको छ जुन अघिल्लो आ.व.को अन्त्यसम्मको आधारमा २१.८१ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको अन्त्य सम्ममा करिब १६५ अर्ब ५२ करोड रुपैयाँ रहेको जीआईसीएल ५.८६ प्रतिशतले बढेर करिब १७५ अर्ब २१ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।​

महाविपत्ति कोषमा १०२ करोड रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको अन्त्यसम्मको तुलनामा १.५७ प्रतिशतले बढी हो । कम्पनीको लगानी ५.३९ प्रतिशतले बढेको छ । आश्विन  मसान्तसम्म कम्पनीले १७९ अर्ब ३६ करोड रुपैयाँ लगानी गरेको छ । 

प्रकाशित विवरणअनुसार कम्पनीको भुक्तानी हुन बाँकी दावी उलेख्य रूपमा घटेको छ । गत आर्थिक वर्षको अन्त्यमा करिब १ अर्ब ३८ करोड रुपैयाँ भुक्तानी हुन बाँकी दाबी बापत व्यवस्था गरिएकोमा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३९.३५ प्रतिशतले घटी ८३.९१ करोड रुपैयाँ रहेको छ ।

कम्पनीले सूचना प्रविधिको विकाशलाई अंगीकार गर्दै अनलाइन माध्यमबाट नै दाबी भुक्तानी गर्ने प्रणालीको विकास गरी कार्यान्वयनमा ल्याई सकिएकोले आगामी दिनमा दाबी भुक्तानी प्रक्रिया झन् सरल हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्