२१ असार २०८३, आइतबार

बसन्तपुरमा ११० जना कलाकारले दिए २१ प्रकारका बाजामा १४ वटा प्रस्तुति

कात्तिक २५, २०८०
काठमाडौं
बसन्तपुरमा ११० जना कलाकारले दिए २१ प्रकारका बाजामा १४ वटा प्रस्तुति

नेपाल संवत् नयाँ बर्षका अवसरमा शनिबार काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले वसन्तपुरमा सांस्कृतिक अर्केष्ट्रा प्रस्तुत गरेको छ । महानगर स्वर्णिम योजनाको ‘सांस्कृतिक महानगर’ कार्यक्रम कार्यान्वयन गर्दै अर्केष्ट्रा प्रस्तुत गरिएको पर्यटन महाशाखा प्रमुख श्रीजु प्रधानको भनाइ छ । 

नासः सृष्टि कलासँगको सहकार्यमा आयोजना गरिएको अर्केष्ट्रालाई बाद्यसम्राट न्हुच्छेबहादुर डंगोल र वरिष्ठ वाद्य गुरु धर्म मुनिकारले निर्देशन गरेका थिए ।  मुनिकार काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागमा कार्यरत छन् ।  उनका अनुसार अर्केष्ट्रामा ११० जना कलाकारले २१ प्रकारका बाजामा १४ वटा प्रस्तुति दिएका थिए ।  प्रस्तुतिका लागि सकिएको बडा दशैँ, दिपावली, नेपाल संवत्, यस पछिको मंसिर महिना, अहिलेको ऋतुसँग सम्बन्धित परम्परागत बाद्य प्रस्तुति समेटिएको थियो । 

कार्यक्रम थालनी गर्नुअघि कलाकारहरुले हनुमानढोकाको लोँह चोकमा वादन अभ्यास गरेका थिए । 
प्रस्तुतिमा द्यः ल्यायेगु (संगीतका गुरुको प्रार्थाना) बाट अर्केष्ट्रा सुरु गरिएको थियो । यसमा तग्वः धिमे मुल बाजा हो ।

यससँग भुस्याः र घौ बाजा बजाइएको थियो । धुन्याप्वः मा तग्वः धिमे, धुन्या चाःहिकेगु मुख्य बाजा तथा भुस्याः र घौ सहायक बाजाका रुपमा बजाइएको थियो । धुन्या ज्यापू समुदायका युवाहरुलाई १२ बर्षमा १ पटक प्रशिक्षण दिइन्छ । छोरीलाई गुफा राखेर सूर्य दर्शन गराए जस्तै छोराहरुलाई बलाछ्व्ये गराएर प्रशिक्षण दिने गरिएको सांस्कृतिक महानगर स्वर्णिम योजनाका सम्पर्क व्यक्ति धर्म मुनिकारले जानकारी दिए । 

निस्तेनाथ ग्वारा बसन्त ऋतुवाहेक अन्य ऋतुमा बादन तथा गायन गरिन्छ । दाफा संगीतभित्र ग्वारा र चाली गरी २ प्रकारका गायत र बादन हुन्छ । यसको मुख्य बाजा खिं हो । यसका साथमा ताः, बबु र पोंगा बजाइन्छ । नेवार समुदायमा सगुन दिँदा, कसैलाई स्वागत गर्दा, फुलमाला गर्दा जस्ता शुभ कार्य गर्दा मंगल धुन बजाउने चलन छ । धिमे मुख्य बाजा र भुस्याः सहायक बाजा रहेको यो गायन तथा वादन बर्षौँदेखि जनबाद्य (सेतो मच्छिन्द्रनाथ) को भजन घरमा बादन र गायन गरिँदै आएको मुनिकारले जानकारी दिए ।

 यसकारण यो धुनलाई सेतो मच्छिन्द्रनाथको धुन मान्न सकिने उनको तर्क छ । यी बादन तथा गायन प्रस्तुति अर्केष्ट्रामा राखिएको थियो । 

सबै प्रदेश, जातजाति र भाषाभाषीको प्रतिनिधित्व गर्दै सयथरी बाजा एउटै बोलको गीतमा बादन प्रस्तुत गरिएको थियो । यसै गरी सवालजवाफ शीर्षकमा सबै वाजाहरुको प्रस्तुति राखिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्