२१ जेठ २०८३, बिहीबार

गाजामा रहेको राष्ट्रसंघ एजेन्सीको मुख्यालयमा इजरायली हवाई आक्रमणः प्यालेस्टिनीहरू मारिए

कात्तिक २७, २०८०
काठमाडौं
गाजामा रहेको राष्ट्रसंघ एजेन्सीको मुख्यालयमा इजरायली हवाई आक्रमणः प्यालेस्टिनीहरू मारिए

गाजा–संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमले गाजामा रहेको आफ्नो मुख्यालय इजरायली हवाई आक्रमणको सिकार भएको र त्यहाँ शरण लिइरहेका प्यालेस्टिनी शरणार्थीहरू मारिएको जानकारी दिएको छ।

शनिवार वेबसाइटमा प्रकाशित विज्ञप्तिअनुसार राष्ट्रसंघ एजेन्सीले आक्रमणबाट आफ्नो परिसरमा शरण खोजिरहेका मानिसहरूको मृत्यु  भएको जनाएको छ । साथै घाइतेहरूप्रति गहिरो चिन्तासमेत व्यक्त गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘नागरिक पूर्वाधारको रक्षा गर्न र संयुक्त राष्ट्रसंघबाट दिइएको मानवीय सहयोगलाई सुरक्षित राख्नु पर्ने आवश्यकतालाई जोड दिइएको छ।

यस घटनाबारे हालसम्म इजरायली पक्षबाट कुनै प्रतिक्रिया आएको छैन।

salt training

कमेन्ट गर्नुहोस्