०७ साउन २०८३, बिहीबार

नेपाल एयरलाइन्सको विमानमा देखिएको समस्या पहिचान, काठमाडौंबाट प्राविधिक टोली जाँदै

कात्तिक २७, २०८०
काठमाडौं
नेपाल एयरलाइन्सको विमानमा देखिएको समस्या पहिचान, काठमाडौंबाट प्राविधिक टोली जाँदै
Credit : Jetphotos

हुम्लाबाट बाँकेका लागि उड्न लागेको नेपाल एयरलाइन्सको विमानमा समस्या देखिएपछि काठमाडौंबाट प्राविधिक टोली पठाउने तयारी भएको छ ।

समस्या पहिचान भइसकेकाले मर्मतका लागि आवश्यक औजारसहित प्राविधिक टोली त्यसतर्फ पठाउने तयारी भएको नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले लोकान्तरलाई जानकारी दिए ।

'नाइन एन-एबीयू कलसाइनको विमान बिहान ८ बजे सिमकोटबाट नेपालगञ्ज जानुपर्ने थियो, तर इन्जिन स्टार्ट गर्ने क्रममा सामान्य समस्या देखियो । चिसोका कारण पनि यस्तो हुन्छ,' पौडेलले लोकान्तरसँग भने, 'समस्या पहिचान भइसकेको छ । मर्मतका लागि आवश्यक औजारसहित काठमाडौंबाट प्रविधिक टोली त्यसतर्फ पठाउने तयारी भएको छ ।'

मर्मत गरेर भोलि बिहानदेखि नियमित उडानमा ल्याइने उनले बताए । 

विमान स्टार्ट नभएपछि चढिसकेका यात्रुलाई पनि ओरालिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्