१४ असार २०८३, आइतबार

टिकटक बन्द प्रकरणमा रविको प्रतिक्रिया - दलकै नेताहरू भ्रष्ट होलान्, अब पार्टी नै बन्द गरिदिने ?

कात्तिक २७, २०८०
काठमाडौं
टिकटक बन्द प्रकरणमा रविको प्रतिक्रिया - दलकै नेताहरू भ्रष्ट होलान्, अब पार्टी नै बन्द गरिदिने ?
फाइल फोटो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक सञ्जाललाई नियमन गर्नुपर्ने बताएका छन् । 

सोमवार सरकारले टिकटक बन्द गर्ने निर्णय गरेलगतै उनले सामाजिक सञ्जाललाई बन्द गर्नुकाे साटो नियमन गर्नुपर्ने बताएका हुन् । 

'सामाजिक सञ्जाललाई नियमन गर्ने हो, बन्द गर्ने होइन। समस्या कन्टेन्टको हो, प्लेटफर्मको होइन। अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष ? टिकटकका कयौं युजर र कन्टेन्ट खराब छन् तर सबै युजर र कन्टेन्ट खराब छैनन् । प्राविधिक रुपमा खराब लाई कन्ट्रोल गर्न सकिन्छ।' उनले लेखेका छन् ।​​

'टिकटकमा हालेको भिडियो रिलमा हाल्न मिल्छ, इन्स्टामा हाल्न मिल्छ, फेसबूकमा हाल्न मिल्छ। के सबै प्लेटफर्म बन्द गर्दै जाने हो त? यो निर्णय गर्ने  सत्ताधारी दल कै कयौं नेताहरू भ्रष्ट होलान् । के अब पार्टी नै बन्द गरिदिने हो त?' उनले थपेका छन् ।

मूलधारले ढोका बन्द भएपछि कयौं प्रतिभाहरू सामाजिक सञ्जालबाटै उदाएका उनले बताएका छन् । 

'मूलधारले ढोका बन्द गरेका कयौं प्रतिभाहरू सामाजिक सञ्जालबाट उदाए, मूलधारले लुकाएका कयौं समाचार सामाजिक सञ्जालले उजागर गरे, सामाजिक सञ्जालले फैलाएका कयौ अफवाहलाई मूलधारले फेक प्रमाणीकरण गरे। आजको युगमा सोसियल मिडियाको  विकल्प सुधारिएको (Better, Improved and Disciplined ) सोसियल मिडिया हो।' उनले भनेका छन्, 'सत्ताधारी दल कै जिम्मेवार पदाधिकारीहरूको विरोधको अर्थ चाहिँ बुझिएन। के यो निर्णय माओवादी केन्द्रको मात्रै हो?'

salt training

कमेन्ट गर्नुहोस्