२८ जेठ २०८३, बिहीबार

टिकटकमाथिको प्रतिबन्ध अनुचित र अनुपयुक्त : राजेन्द्र लिङ्देन

कात्तिक २७, २०८०
काठमाडौं
टिकटकमाथिको प्रतिबन्ध अनुचित र अनुपयुक्त : राजेन्द्र लिङ्देन
फाइल फोटो

​​राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले टिकटक माथिको प्रतिबन्ध अनुचित र अनुपयुक्त रहेको बताएका छन् । साथै सरकारले निरंकुशताको बाटो रोजेको दाबी गरेका छन् ।

सरकारले सोमवार टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेलगतै उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । 'प्रजातन्त्र, मानवाधिकार र अभिव्यक्ति स्वतन्त्रताको ठूलठूला घ्वाँस दिनेहरूबाट टिकटकमाथिको प्रतिबन्ध अनुचित र अनुपयुक्त छ। यो निर्णय निरंकुशताको बाटो हो।' उनले लेखेका छन्, ​'कुनै पनि प्रकारका सामाजिक सञ्जालबाट हुनसक्ने विकृतिको नियमन र नियन्त्रण आवश्यक छ। तर त्यही नाममा प्रतिबन्ध स्वीकार गरिन्न।'

सरकारले टुइटर),फेसबूक आदिमा पनि प्रतिबन्ध लगाउन सक्ने उनको दाबी छ । 'आज टिकटकमाथिको प्रतिबन्ध शुरुवात मात्र हो, भोलि एक्स(टुइटर),फेसबुक आदिमा प्रतिबन्ध हुनसक्छ। कुनै पनि नाममा अभिव्यक्ति स्वतन्त्रता माथि लगाइने अंकुशको विरोध गरिन्छ।​' उनले लेखेका छन् । ​

टिकटकमाथिको प्रतिबन्ध अविलम्ब फिर्ता गर्न उनले सरकारसँग माग गरेका छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्