
राजधानीबाट २२ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । नागार्जुन नगरपालिका–३ स्थित एकधाराबाट कौडा खेलिरहेको अवस्थामा २२ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
आइतबार राति कृष्ण अधिकारीको घरबाट ४ लाख ९२ हजार ५ सय रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको काठमाडौ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले लोकान्तरलाई जानकारी दिए ।
पक्राउ परेकाहरुमाथि कारबाही प्रक्रिया अघि बढाइएको बताइएको छ ।